गोपनीयता नीति
हामी सेवा सञ्चालनका लागि आवश्यकभन्दा बढी व्यक्तिगत विवरण संकलन नगर्ने सिद्धान्त अपनाउँछौं।
खाता विवरण
नाम, इमेल, प्रोफाइल विवरण र प्रयोगकर्ताले स्वेच्छाले दिएको जानकारी खाता सञ्चालन तथा सुरक्षा प्रयोजनमा प्रयोग हुन सक्छ। पासवर्ड plain text मा होइन, सुरक्षित hash का रूपमा राखिन्छ।
व्यक्तिगत वित्तीय dashboard
प्रयोगकर्ताले dashboard मा राखेको आम्दानी, खर्च वा बचत लक्ष्य सार्वजनिक समाचारका रूपमा प्रयोग गरिँदैन। यस्ता संवेदनशील विवरणलाई अनावश्यक रूपमा share नगर्न प्रयोगकर्तालाई पनि सुझाव दिइन्छ।
सुरक्षा र retention
HTTPS, secure cookies, access control र अन्य सुरक्षा उपाय प्रयोग गरिन्छ। कानुनी, सुरक्षा वा प्रणाली सञ्चालनको आवश्यकताअनुसार सीमित logs राखिन सक्छन्।
न्यूजलेटर
न्यूजलेटरमा स्वेच्छाले सदस्यता लिँदा इमेल ठेगाना र सदस्यता मिति सेवा सञ्चालनका लागि राख्न सकिन्छ। सदस्यता नलिएसम्म इमेल मार्केटिङ सूचीमा थपिँदैन।
तेस्रो पक्ष
बाह्य लिंक, analytics वा विज्ञापन सेवा प्रयोग भए तिनको आफ्नै privacy policy लागू हुन सक्छ। बाह्य साइटको व्यवहारमा आर्थिक पत्रिका जिम्मेवार हुँदैन।